४ जेष्ठ २०८१, शुक्रबार

नेपालमा संक्रमितको संख्या ११० पुग्यो, आज थपिन् उदयपुरमा कोरोनाका १ संक्रमित


कोरोना पोजेटिभ

२७ वैशाख, काठमाडौं । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण फेरि थप १ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११० पुगेको छ । उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केमा थप १ जना महिलामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

दोस्रो पटक संकलन गरिएको थ्रोट स्वाब परीक्षण गर्दा ती महिलामा संक्रमण देखिएको हो । संक्रमण पुष्टि भएकी महिला ४३ वर्षीया रहेको कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेण्डेन्ट डाक्टर संगीता मिश्राले जानकारी दिइन् ।

उनीसहित प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३५ पुगेको छ । संक्रमितहरुलाई विराटनगरस्थित कोभिड-१९ उपचार केन्द्रमा राखिएकामा १४ जना निको भएर डिस्चार्ज भइसकेका छन् ।

यो संगै उदयपुरमा कोरोना संक्रमणको संख्या ३२ जना पुगेको छ भने देशभर गरेर संक्रमितको संख्या ११० पुगेको छ । हालसम्म देशभर कोरोना निको हुनेको संख्या ३१ जना रहेकाे छ । आज मात्र कोरोनाका नयाँ ७ संक्रमित थपिएर नेपालमा संक्रमितको संख्या १०९ पुगेको थियो ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या १०९ पुग्यो, आज थपिए कोरोनाका ७ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !