९ असार २०८१, आइतबार

कपिलवस्तुमा ३ नयाँ कोरोना सङ्क्रमित


कोभिड-१९

जीतपुर,२७ वैशाख । कपिलवस्तुमा थप ३ जनामा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमित पुष्टि भएको छ । गाउँपालिकाको वडा नं १ पकडीस्थित छत्रपाली तीर्थादेवी माविको क्वारेन्टाइनमा बसेका मध्ये तीन जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । सत्र तथा १८ –१८ वर्षीय तीन पुरुषमा सङ्क्रमण पुष्टि भएसँगै कपिलवस्तुमा कोरोना पोजेटिभको सङ्ख्या पाँच पुगेको छ ।

यसअघि त्यहाँ रहेका ६५ मध्ये १२ जनाको परीक्षण हुँदा दुई सङ्क्रमित फेला परेका थिए । अब काठमाडौँको टेकुस्थित प्रयोगशालामा कपिलवस्तुवाट पठाइएको स्वाब परीक्षण गर्न बाँकी नरहेको कपिलवस्तुका प्रजिअ दीर्घनारायण पौडेलले जानकारी दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !