४ जेष्ठ २०८१, शुक्रबार

नेपालमा संक्रमितको संख्या ८२ पुग्यो, आज फेरि नेपालगञ्जमा थपिए कोरोनाका ७ संक्रमित


कोरोना पोजेटिभ

२२ वैशाख, काठमाडौं । नेपालमा आज बाँकेको नेपालगञ्जमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण फेरि थप ७ जना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ । भेरी अस्पतालमा गरिएको परीक्षणमा ७ जना नयाँ संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार नयाँ संक्रमितहरु नेपालगञ्ज-८ का २२, ३० र ४० वर्षका ३ जना पुरुषहरु र ०९, ३२, ३४ र ५५ वर्षका ४ जना महिलाहरु रहेका छन् । निजहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेको पनि मन्त्रालयले जनाएको छ ।

यसअघि अस्ति आइतबार नै मन्त्रालयले १५ जनामा कोरोना संक्रमण भएको जानकारी दिएको थियो । ती ब्यक्तिको कन्ट्याक ट्रेसिङ गरेर ९० जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रयोगशाला लगिएको थियो । तीमध्ये परीक्षण भइसकेको नमुनामा अहिलेसम्म ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालगञ्जस्थित मस्जिद तथा मन्दिरमा केही दिनअघि धर्मगुरुहरुको स्वाब परीक्षणका क्रममा पहिलो पटक बाँकेको नेपालगञ्जका ६० वर्षीय व्यक्तिमा शुक्रबार कोरोना सङ्क्रमण फेला परेको थियो ।

यसअघि बाँके जिल्लामा १६ जनामा कोरोना भाइरस संक्रमण फेला परेको थियो । योसँगै बाँकेमा मात्र २३ जनामा सङ्क्रमण देखिएको छ ।नेपालगञ्ज उपमहानगरपालिकामा कोरोना संक्रमितको संख्या बढेपछि वैशाख २५ गतेसम्म यसलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । यसअघि नेपालमा कोरोना संक्रमितको संख्याको संख्या ७५ थियो भने आज थप नयाँ ७ जनामा संक्रमण देखिएसंगै ८२ पुगेको हो ।

स्वास्थ्य तथा जनासंख्या मन्त्रालय

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या ७५ पुग्यो, आज फेरि बाँकेमा थपिए कोरोनाका ६ संक्रमित

नेपालमा संक्रमितको ६९ संख्या पुग्यो, आज थपिए कोरोनाका १० संक्रमित

नेपालमा संक्रमितको संख्या ५९ पुग्यो, रुपन्देही र बाँकेमा पनि भेटिए कोरोनाका २ संक्रमित

नेपालमा संक्रमितको संख्या ५७ पुग्यो, आज थपिए कोरोनाका ३ जना संक्रमित

नेपालमा कोरानालाई जित्नेको संख्या पुग्यो १६, आज ४ जना घर फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !