२१ बैशाख २०८१, शुक्रबार

नेपालमा संक्रमितको संख्या ५७ पुग्यो, आज थपिए कोरोनाका ३ जना संक्रमित


कोरोना पोजेटिभ

१७ वैशाख, वीरगञ्ज । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण थप ३ जना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५७ पुगेको छ । बाराका २ जना र पर्साका १ जनामा काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

भारतको दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएका यी ३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । उनीहरु जितपुर सिमरा नगरपालिकाका ४३ वर्ष, सिम्रौनगढका ३१ वर्ष पुरुष र वीरगञ्ज-२ छपकैयाका ४६ वर्षका पुरुष हुन् ।

आज पुष्टि भएका संक्रमित सबैलाई नारायणी अस्पताल लैजाने तयारी हुँदैछ । पर्सा वीरगञ्जका संक्रमित सिद्धार्थ मावीस्थित क्वारेन्टाइनमा बस्दै आएका थिए । बाराका संक्रमितहरुलाई अस्पताल ल्याउने तयारी भइरहेको छ ।

यसअघि नेपालमा संक्रमितको संख्या ५४ पुगेको थियो भने आज ३ जना थपिएसंगै ५७ जना पुगेको हो । नेपालमा अहिलेसम्म १६ जना उपचारपछि निको भएका छन् ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या ५४ पुग्यो, आज थपिए कोरोनाका २ जना संक्रमित

नेपालमा संक्रमितको संख्या ५२ पुग्यो, आज फेरि थपिए कोरोनाका १ जना संक्रमित

नेपालमा संक्रमितको संख्या ५१ पुग्यो, आज थपिए कोरोनाका २ जना संक्रमित

नेपालमा कोरानालाई जित्नेको संख्या पुग्यो १६, आज ४ जना घर फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !