२० बैशाख २०८१, बिहिबार

बहराइनमा एकैदिन ७७ जना नेपालीमा कोरोना संक्रमण


बहराइनमा एकैदिन ७७ जना नेपालीमा कोरोना संक्रमण देखियो

काठमाडौँ, वैशाख १६ । बहराइनमा एकैदिन ७७ जना नेपाली कामदार कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित भएका छन् । बहराइनको राजधानी मनामास्थित नेपाली दूतावासका अनुसार उनीहरु चार वटा कम्पनीमा कार्यरत थिए ।

दूतावासका अनुसार एउटा सुपरमार्केट र ३ वटा अलग अलग कम्पनीमा काम गर्ने नेपालीलाई संक्रमण देखिएको हो । तर उनीहरुको स्वास्थ्य उपचार भइरहेको छ । योसँगै बहराइनमा कोरोना भाइरसबाट संक्रमित हुने नेपालीको संख्या १२६ जना पुगेको छ ।

बहराइनमा संक्रमितको सख्या भने १५४६ जना पुगेको छ । जसमध्ये १२४६ जना निको भइसकेका छन् । बहराइनमा अहिलेसम्म कोरोना स‌ंक्रमणबाट ८ जनाको मात्रै मृत्यु भइसकेको छ ।

जोखिमपंर्ण मानिएको क्याम्ममा रहेका कामदारलाई नयाँ क्याम्पमा सार्ने काम भइरहेको छ । बहराइनमा झन्डै ३५ हजार नेपाली कार्यरत छन् । यो समाचार बहराइनमा रहेको नेपाली दूतावासले आफ्नो वेभसाइट र सामाजिक संजालमार्फत जानकारी दिएको छ ।

बहराइनमा एकैदिन ७७ जना नेपालीमा कोरोना संक्रमण देखियो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !