२३ बैशाख २०८१, आइतबार

नेपालमा संक्रमितको संख्या ५२ पुग्यो, आज फेरि थपिए कोरोनाका १ जना संक्रमित


कोरोना पोजेटिभ

१४ वैशाख, काठमाडौं । नेपालमा आज फेरि कोरोना भाइरस (कोभिड-१९) संक्रमण थप १ जना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५२ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज आइतबार झापामा १ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ५२ पुगेको हो ।

स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार झापाका ५० वर्षीय १ जना पुरुषमा संक्रमण देखिएको हो । उनीहरुको स्वास्थ्‍य अवस्था सामान्‍य रहेको पनि मन्त्रालयले जानकारी दिएको छ । आइतबार विराटनगरको कोशी अञ्चल अस्पतालमा गरिएको परीक्षणमा उनमा कोरोना पुष्टि भएको हो ।

उनी अस्पतालको सम्पर्कमा रहेको र स्वस्थ रहेको विज्ञप्तिमा जनाइएको छ । यसका साथै नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । आइतबार नै वीरगन्जका २ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको थियो । १६ जना संक्रमित भने निको भएर घर फर्किएका छन् भने ३६ जना कोरोना संक्रमितको विभिन्न अस्पतालमा उपचार भईरहेको छ ।

स्वास्थ्य मन्त्रालय प्रेस विज्ञप्ति

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या ५१ पुग्यो, आज थपिए कोरोनाका २ जना संक्रमित

नेपालमा कोरानालाई जित्नेको संख्या पुग्यो १६, आज ४ जना घर फर्किए

चितवनका २७ बर्षीय युवकले कोरोनालाई जिते, आइसोलेशनवाट डिस्चार्ज

नेपालमा कोरानालाई जित्नेको संख्या पुग्यो १२, आज १ जना निको भएर घर फर्किदै

नेपालमा संक्रमितको संख्या ४९ पुग्यो, आज थपिए कोरोनाका १ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !