५ जेष्ठ २०८१, शनिबार

नेपालीमा कोरानालाई जित्नेको संख्या पुग्यो ७, आज २ जना निको भएर फर्किए घर


दोस्रो कोरोना संक्रमित काठमाडौँकी युवती

१० वैशाख, काठमाडौं । आज २ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित निको भएर फर्किएसंगै नेपालमा उपचारपछि निको भएर घर फर्किनेको संख्या ७ पुगेको छ । यसअघि ५ जना संक्रमित निको भएर घर फर्किसकेका थिए ।

आज सेती अस्पतालमा उपचाररत ४० वर्षीय पुरुष १९ दिनको उपचारपछि र टेकु अस्पतालमा उपचाररत ३२ वर्षीय पुरुष २९ दिनको उपचारपछि २ जनालाई डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

सेती अस्पतालबाट डिस्चार्ज हुने नवौं कोरोना संक्रमित चैत १३ गते भारतको उत्तराखण्ड राज्यको चम्पावत जिल्लाको सल्ली भन्ने स्थानबाट कञ्चनपुरको ब्रम्हदेवको बाटो हुँदै लुकेर नेपाल छिरेका हुन् । उनलाई सोही दिन सशस्त्र प्रहरीले क्वारेन्टाइनमा राखेको थियो।

यस्तै टेकु अस्पतालबाट डिस्चार्ज हुनेमा तेस्रो कोरोना संक्रमित धादिङ ३२ वर्षीय पुरुष चैत ६ गते यूएईबाट एयर अरेबियाको फ्लाइट नम्बर जी ९५३७ बाट त्रिभुवन विमानस्थलमा उत्रिएका थिए । काठमाडौंको कुनै होटलमा बसेका उनको स्वास्थ्यमा समस्या आएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगेका थिए । चैत्र १२ गते उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

यसअघि चीनबाट फर्केका ३२ वर्षीय पहिलो कोरोना संक्रमित पुरुष यसअघि नै उपचारपछि निको भएर घर फर्किएका छन् । काठमाडौंस्थित टेकु अस्पतालबाट १९ वर्षीया युवती, बागलुङ हस्पिटलमा ६५ वर्षीया महिला, धनगढीको सेती प्रादेशिक अस्पतालबाट २१ र ३२ वर्षीय युवा निको भएर डिस्चार्ज भइसकेका छन् । आज २ जना र यसअघि ५ जना संक्रमित निको भएर घर फर्किएसंगै आजसम्म जम्मा ७ जना निको भएर घर फर्कीसकेका छ ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या ४५ पुग्यो, आज थपिए कोरोनाका ३ संक्रमित

नेपालमा कोरोना संक्रमित ४ जना निको भएर फर्किसके घर, २७ जना उपचाररत

दोस्रो कोरोना संक्रमित काठमाडौँकी युवती निको भएर फर्किइन् घर

बागलुङकी कोरोना संक्रमित वृद्धा आजै साँझ भइन् अस्पतालवाट डिस्चार्ज

कैलालीका संक्रमित युवा निको भएर अस्पतालवाट भए डिस्चार्ज, आज साँझ फर्किए घर


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !