१५ जेष्ठ २०८१, मंगलबार

कैलालीका संक्रमित युवा निको भएर अस्पतालवाट भए डिस्चार्ज, आज साँझ फर्किए घर


कैलालीका संक्रमित युवा

७ वैशाख, कैलाली । कैलालीको धनगढीस्थित सेती अस्पतालमा उपचाररत कोरोना संक्रमित युवक निको भएर आज साँझ अस्पतालवाट डिस्चार्ज भएका छन् । कैलालीको लम्कीचुहा नगरपालिका-९ प्रतापपुरका २१ वर्षीय युवकको पहिलो रिपोर्ट पोजेटिभ आएपछि अस्पताल भर्ना भएका उनी दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको हो ।

भारतबाट चैत ११ गते घर फर्किएका उनलाई कैलालीको प्रतापपुर क्वारेन्टाइनमा ११ दिन बसेपछि कोरोना पुष्टि भएको थियो । भारतको मुम्बइबाट आएका उनलाई चैत २२ गते कोरोना संक्रमणको पुष्टि भएको थियो । नगरपालिकाले तयार गरेको क्वारेन्टाइनमा उनी १३ गते देखि बसेका थिए । ११ दिन क्वारेन्टाइनमा र १३ दिन आइसोलेसन बसेका उनी आज आइतबार नै घर फर्किएका हुन् ।

यसअघि सेती प्रादेशिक अस्पतालमा ५ जना संक्रमित बिरामीको उपचार भइरहेकोमा आज १ जना युवालाई सञ्चो भएपनि अन्य चार जना बाँकी छन् । अन्य संक्रमितका भने लगातार पोजेटिभ रिपोर्ट आइरहेका छन् । नेपालमा हालसम्म ३१ जना कोरोना संक्रमित भेटिएका छन् । जसमध्ये हालसम्म ४ जना उपचारबाट निको भई घर फर्किएका छन् । यो भन्दा अघि हिजो बेलुकीसम्म ३ जना निको भएर घर फर्किएका थिए । उनीसंगै सुदूरपश्चिममा ३ जनामा कोरोना संक्रमण देखिएर नेपालमा कोरोना संक्रमितको संख्या ९ जना पुगेको थियो ।

यो पनि पढ्नुहोस्

दोस्रो कोरोना संक्रमित काठमाडौँकी युवती निको भएर फर्किइन् घर

बागलुङकी कोरोना संक्रमित वृद्धा आजै साँझ भइन् अस्पतालवाट डिस्चार्ज

नेपालमा कोरोना संक्रमितको संख्या पुग्यो ९, सुदूरपश्चिममा आज भेटिए ३ जना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु