२० मंसिर २०८१, बिहीबार

नेपालमा संक्रमितको संख्या ३१ पुग्यो, आज थप १ जनामा कोरोना संक्रमण पुष्टि


कोरोना पोजेटिभ

६ वैशाख, काठमाडौं । चीनवाट महामारीको रुपमा विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड-१९) वाट नेपालमा आज शनिवार १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले आफ्नो आधिकारिक वेवसाइटमा अध्यावधिक गरेको तथ्यांक अनुसार अब नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ ।

मन्त्रालयका अनुसार आज स‌ंक्रमित ६५ वर्षीय पुरुष हुन् । उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका उनी पनि भारतीय नागरिक पुष्टि भएको हो । विराटनगरको कोशी अञ्चल अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा उनीमा संक्रमण देखिएको हो । उनलाई शुक्रबार राति मात्र मोरङको टाँडीस्थित क्वारेन्टाइन स्थलमा लगिएको थियो ।

यसअघि नेपालमा ३० जनामा कोरोना पुष्टि भएको थियो । जसमध्ये ३ जना निको भएर डिस्चार्ज भएका छन् । अन्य २८ जनाको विभिन्न अस्पतालमा उपचार भइराखेको छ । कोरोना संक्रमित १२ जनाको विराटनगरस्थित कोरोना अस्पताल, ५ जनाको कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पताल, ४ जनाको वीरगन्जस्थित नारायणी अस्पतालमा, २ जनाको भरतपुर कोभिड-१९ डायग्नोस्टिक प्रयोगशाला चितवनमा, २ जनाको पाटन अस्पताल ललितपुरमा, २ जनाको धौलागिरी अस्पताल बाग्लुङमा र १ जनाको टेकु अस्पताल काठमाडौँमा उपचार भइरहेको छ ।

पहिलोपटक चीनबाट फर्केका ३२ वर्षीय पुरुषमा माघ १० गते कोरोना पोजिटिभ देखिएको थियो । पहिलो कोरोना संक्रमित उनी हाल भने उपचारपछि निको भएर घर फर्किएका छन् । दोस्रो संक्रमित काठमाडौंकी १९ वर्षीया युवती हुन् । उनी पनि आज शनिवार उपचारपछि निको भएर घर फर्किसकेकी छिन् ।

तेस्रो धादिङको, चौथो धनगढीको र पाँचौं बाग्लुङको व्यक्ति, छैटौ पनि बाग्लुङकी बृद्ध महिलामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । छैटौ संक्रमित बृद्ध महिला पनि आजै शनिवार साँझ उपचारपछि निको भएर घर फर्किसकेकी छिन् । यी सबै विदेश यात्राबाट हालै फर्किएका हुन् ।

त्यस्तै सातौ संक्रमित भारतको मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, आठौ भारतकै उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र नवै कैलालीकी ३४ वर्षीय महिला हुन् । यी ३ नै जना सुदूरपश्चिमका हुन् । दशौ, एघारौ र बार्हौ ३ जना बर्ष ३७, ५५ र ४४ का भारतीय नागरिकहरु हुन् । उनीहरु मुस्लिम धर्मगुरु रहेको बुझिएको छ भने उनीहरुमध्ये २ जना उत्तर प्रदेशका र १ जना दिल्लीका भएको स्वास्थ्य मन्त्रालय स्रोतले बताएको छ ।

तेह्रौ संक्रमित कैलालीकी ६५ बर्षीया बृद्धा र चौधौ संक्रमित १९ बर्षीय रौतहटका १९ वर्षीय यूवा, पन्ध्रौ संक्रमित काठमाडौँका ५८ बर्षीय पुरुष, सोर्हौ ८१ बर्षीया बृद्धा महिलासंगै अहिलेसम्म जम्मा संक्रमित संख्या १६ पुगेको थियो ।

मन्त्रालयका अनुसार कोरोना पुष्टि हुने पुरुषमा २०, २२, २५, २६, ३४ र ४० वर्षीय पुरुष १/१ जना, २९ वर्षीय २ जना र २८ वर्षीय पुरुष ४ जना गरी जम्मा १२ जना रहेका छन् । उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका यी संक्रमितमध्ये ११ जना भारतीय नागरिक र १ जना नेपाली नागरिक भएको पुष्टि भएको छ । त्यसैगरी चितवमा २७ वर्षीय र ६३ वर्षीया २ जनामा कोरोना देखिएको हो ।

यी जम्मा नयाँ १४ जना हिजो संक्रमित गरी नेपालमा जम्मा संक्रमितको संख्या ३० जना पुगेको थियो भने आज १ जना ६५ बर्षीय पुरुष गरी नेपालमा अहिलेसम्म जम्मा कोरोना भाइरसवाट संक्रमित हुनेको संख्या ३१ पुगेको हो ।

आज मात्रै २ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएकै दिन नेपालमा थप १ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । आज शनिबार नै काठमाडौंको टेकु अस्पतालबाट १ जना युवती र बाग्लुगङस्थित धौलागिरी अञ्चल अस्पतालबाट १ जना बृद्धा महिला निको भएर डिस्चार्ज भएका छन् ।

यो पनि पढ्नुहोस्

नेपालमा एकैदिन १४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३० पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या पुग्यो १६, आज पुष्टि भयो २ जनामा संक्रमण

आज देखियो २ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या पुग्यो १४

कैलालीमा ६५ वर्षीया १ बृद्धामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या पुग्यो १३

नेपालमा थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या पुग्यो १२

वीरगञ्जमा रहेका ३ जना भारतीय नागरिकमा कोरोना पोजेटिभ पुष्टि

नेपालमा कोरोना संक्रमितको संख्या पुग्यो ९, सुदूरपश्चिममा आज भेटिए ३ जना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !