१३ असार २०८१, बिहिबार

रुकुमका २ जनामा कोरोना संक्रमणको आशंका


कोरोना भाइरस

वैशाख ४, धनगढी । धनगढीस्थित जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमणको आशंका भएपछि रुकुमका २ युवाको स्वाब थप परीक्षणका लागि काठमाडौं पठाइने भएको छ ।

कर्णाली प्रदेश, रुकुमका २ जनाको सुदूपश्चिम स्वास्थ्य निर्देशनालयको जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणकाे रिपोर्ट पोजिटिभ देखिएको जानकारी आएको क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले बताएका छन् ।

डा. अवस्थीका अनुसार कर्णाली प्रदेशमा पीसीआर परिक्षण सुविधा नभएका कारण त्यहाँ संकलन गएिको स्वाब परीक्षणका लागि धनगढीस्थित जनस्वास्थ्य प्रयोगशालामा आउने गरेको हो ।

शंकास्पद दुवैजनाको नमुना मंगलबार धनगढी आइपुगेको पनि उनले बताएका छन् । जनस्वास्थ्य प्रयोगशाला धनगढीले कर्णाली प्रदेशको क्षेत्रीय स्वास्थ्य निर्देशनालयलाई स्वाब संकलन गरेर काठमाडौं पठाउनका लागि पत्राचार गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !