६ जेष्ठ २०८१, आइतबार

पोखरामा पनि १ जनाको र्‍यापिड टेस्ट रिपोर्ट पोजिटिभ


कोरोना र्‍यापिड टेस्ट पोजेटिभ

पोखरा, वैशाख ३ । पोखरामा ५५ वर्षीया १ जना महिलाको र्‍यापिड टेस्ट रिपोर्ट पोजिटिभ देखिएको छ । पोखरामा एक ५५ वर्षीया महिलामा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना भाइरस संक्रमण परीक्षण गर्दा पोजेटिभ नतिजा आएको छ ।

पोखरा महानगरपालिका-१२, ढिकालेथरकी ५५ वर्षीया २७ दिनअघि मात्रै दुबईबाट घर फर्किएकी थिइन् । र्‍यापिड टेस्टमा पोजिटिभ देखिएपछि रिटेस्टका लागि स्वाब कलेक्सन गरेर पठाइएको छ । उनले प्रयोगशाला परीक्षणको नतिजा भने बिहीबार आउनेछ ।

पोखराको १० र १२ नम्बर वडाका ३४ जनाको नमुना परीक्षण गर्दा उनको नतिजा शंकास्पद देखिएपछि पुनः परीक्षण गरिएको थियो । पोखरा महानगरले कोरोना संक्रमण फैलिन नदिन चैत महिनादेखि नेपाल भित्रिएका नागरिकमाथि र्‍यापिड टेस्ट सुरु गरेको छ । केहि समयअघि चितवनमा पनि १ जना व्यक्तिको र्‍यापिड टेस्ट रिपोर्ट पोजिटिभ देखिएको थियो ।

यो पनि पढ्नुहोस्

चितवनमा १ जना व्यक्तिको र्‍यापिड टेस्ट रिपोर्ट पोजिटिभ

कोरोना र्‍यापिड टेस्ट रिपोर्ट २ जनामा पोजेटिभ

काभ्रेमा २ र धादिङमा १ जनामा कोरोना र्‍यापिड टेस्ट पोजेटिभ

सनसिटी अपार्टमेन्टमा बस्ने २ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौंको पेप्सीकोलामा एकै परिवारका ३ जनालाई कोरोनाको आशंका, पाटन अस्पताल भर्ना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !