२१ बैशाख २०८१, शुक्रबार

सनसिटी अपार्टमेन्टको संक्रमित परिवारकी बुहारीको रिपोर्ट आयो नेगेटिभ


सनसिटी अपार्टमेन्ट

३ वैशाख, काठमाडौं । काठमाडौँ पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बसोबास गर्ने कोरोना भाइरस (कोभिड-१९) संक्रमित परिवारकी बुहारीको रिपोर्ट नेगेटिभ आएको छ । सोको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जनाएका छन् ।

अस्ति सोमबार गरिएको र्‍यापिड टेष्टमा ३ नै जनामा एन्टीबडी पोजेटिभ देखिएपछि पाटन अस्पताल भर्ना गरिएको थियो । उनीहरुमध्ये ८१ बर्षीया आमा र ५८ वर्षका छोरामा कोरोना संक्रमण पोजेटिभ पुष्टि भईसकेको छ । तर ५२ वर्षकी बुहारीको पहिलो रिपोर्ट पोजेटिभ नआएपछि दोस्रोपटक पुनः परीक्षण गरिएको थियो ।

प्रवक्ता डा. देवकोटाका अनुसार उक्त सनसिटी अपार्टमेन्टमा बसोबास गर्ने २९८ जनाको बुधबार नै र्‍यापिड टेष्ट गरिएको छ र उनीहरु सबैको नजिता नेगेटिभ आएको र संक्रमित परिवारमा काम गर्नेहरुको पनि पीसीआर विधिबाट पनि परीक्षण गरिने पनि जानकारी गराएका छन् ।

यो पनि पढ्नुहोस्

सनसिटी अपार्टमेन्टमा २९६ को र्‍यापिड टेस्टको रिपोर्ट नेगेटिभ

सनसिटी अपार्टमेन्टमा र्‍यापिड टेस्ट शुरु

सनसिटी अपार्टमेन्टमा बस्ने २ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौंको पेप्सीकोलामा एकै परिवारका ३ जनालाई कोरोनाको आशंका, पाटन अस्पताल भर्ना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !