१३ असार २०८१, बिहिबार

गोरखा आरुघाटका युवकमा कोरोना संक्रमण देखिएन


नमूना परीक्षण

३ वैशाख, काठमाडौं । र्‍यापिड टेस्टमा पोजेटिभ नतिजा देखिएको गोरखाको आरुघाट गाउँपालिकाका युवकमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । आज बुधबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोरोना परीक्षण प्रयोगशालामा परीक्षण गर्दा उनमा कोरोना संक्रमण नभएको पुष्टि भएको गोरखा अस्पतालका कोभिड-१९ फोकल पर्सन नारायण अर्यालले जानकारी दिएका छन् ।

विदेशबाट फर्किएका गोरखाका ३१ वर्षीय युवकको र्‍यापिड डाइग्नोस्टिक टेष्टमा कोरोना पोजेटिभ देखिएको थियो । हिजो मंगलवार आरुघाटको स्वास्थ्य शाखाले कोरोना भाइरसको र्‍यापिड टेस्ट विधिबाट परीक्षण गर्दा ती युवकलाई कोरोना पोजेटिभ देखिएको गाउँपालिका अध्यक्ष पूर्ण दाहालले जानकारी दिएका थिए ।  त्यसपछि उनलाई गाउँमा क्वारेन्टाइनमा राखिएको थियो । उनी बहराइनबाट फर्किएका थिए ।

यो पनि पढ्नुहोस्

गाेरखामा १ जनामा कोरोना र्‍यापिड टेस्ट रिपोर्ट पोजेटिभ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !