८ जेष्ठ २०८१, मंगलबार

लकडाउनको परिभाषा र कोरोनाबाट बच्ने उपायहरु


लकडाउनको समयमा काठमाडौँ उपत्यका
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

लकडाउन अरूको लागि नभई आफ्नो लागि गरिएको सक्रमण रोक्ने प्रयास हो । यसमा हेल्चक्राई गर्दा आफ्नो परिवार मात्र होइन सिंगो समाज सक्रमित हुन सक्छ ।

प्रहरीले लकडाउन गराउने होइन सचेत नागरिकले यसको पालना अरूको आग्रहमा होइन । आफ्नै विचार र विबेकले आफु पनि बचौं । अरूलाई पनि बचाउ भन्ने भावनाको विकास हुन सके मात्र हामी कोरोना भाइरससंग बच्न सक्नेछौं ।

कोरोना भाइरस रोग सरूवा रोग हो । यो रोग एक अर्कामा श्वास-प्रश्वासको माध्यमबाट सर्ने भएकाले कम्तीमा ३ मिटरको दुरीमा रहनुपर्ने हुन सक्छ । यो रोगको औषधि छैन । भविष्यमा बन्न सक्ला नसक्ला तर हामी बच्न सक्नु ठूलो उपचार मानिएको छ ।

यो जस्ता रोगमा सरसफाई नितान्त आवश्यक छ । यस्ता रोगीले छोए मात्र रोग सर्ने भनेको छ । यस्ता रोगीलाई छोएमा सफाइमा हुन आवश्यक छ । यो रोग लागेमा ज्वरो हाई हुदै जान थाल्दछ । सास फेर्न गार्हो हुन सक्छ । यसले निमोनिया बनाएर अन्तमा मान्छे मार्न सक्छ।

यस्तो रोग लाग्नासाथ सहि उपचार हुन नसकेमा मानिस बाच्ने चान्स कम हुन्छ । यो रोग इम्योनोसिस्टम कमजोर भएका कमजोर मानिसलाई बढि हुने गर्दछ । यस्ता रोग नलागोस् भन्ने चाहना भएमा पौष्टिक खाना खाने गर्नुपर्छ ।

बारमा भएको जडिबुटी खाद्यान्न असुरोलाई ल्याउने र अदुवा राखेर पकाउने केहि पाकेपछि कपडछान गरेर राख्ने २,३ चमच औषधिमा १ चमच मह मिलाएर सेवन गरेमा यो रोग लाग्ने सम्भावना कम हुनेछ । यो औषधि होइन यो रोग प्रतिरोधक शक्ति बढाउने खाद्यान्न हो ।

यो पनि पढ्नुहोस्

लकडाउन भनेको के हो ?

विदेशबाट आएकाहरु क्‍वारेन्टाइनमा नबसे जेल सजाय

के हो लकडाउन ? लकडाउन पालना नगरे के कारबाही हुन्छ ?

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार तथा पत्रकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !