१२ बैशाख २०८१, बुधबार

लकडाउन भनेको के हो ?


लकडाउन
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

लकडाउन भनेको के हो ? नोबेल कोरोना भाइरस (कोविड-१९) सङ्क्रमणको सङ्ख्या लगातार बढेपछि तत्काल लागु हुने गरी आवतजावत एवम् जमघटमा कडिकडाउ गर्न ‘लकडाउन’ को घोषणा गरेको देखिन्छ ।

नेपालमा लकडाउन इङ्लिस शब्दको परिभाषा नजान्ने धेरै छन् । खास भन्ने हो भने यसको वास्तविक अर्थ हो बाहिर हिडडुल नगर्नु । नोबेल कोरोना भाइरस बाहिर आएको भए बाहिर निस्कनेसंग उसले अवश्य परिचय माग्नेछ ।

यदि हामीले उसलाई परिचय दिन थालेमा उ पछि-पछि आउने र एकले अर्कालाई सक्रमित पार्ने काममा लाग्नेछौं । यस्तो नहोस् भन्नाका लागि आवतजावत एवम् जमघटमा रोक लगाइने प्रक्रियालाई लकडाउन भनेको मात्र हो ।

लकडाउन प्रक्रिया लागु भएमा रोग सर्ने सम्भावना कम हुने भएकाले यो लागु गरेको देखिन्छ । आफ्नो स्वास्थ्यसंग सरोकार हुने विषयमा चनाखो भएर लकडाउन सिस्टम लागु गर्न सके रोग सर्नबाट रोक्न सक्नेछ । नेपालीमा अनुशासन कमजोर हुदैछ ।

रोग लागेर समस्या झेल्नु भन्दा रोग नै नलागोस् भन्नेतर्फ लाग्नु महत्वपूर्ण छ । सफाईसंग रहने हात साबुन पानीले धुने, मास्कको प्रयोग गर्ने, यतिखेर यसको समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा लागेका छन् ।

सुरुमा रुघाखोकी लाग्ने, टाउको दुख्ने र ज्वरो आउने लक्षण देखाउने यस्ता भाइरसको आक्रमणसँगै समयमा उपचार भएन भने ज्यानै जान सक्ने सम्भावना बढेको छ । यद्यपि, अहिलेसम्म नोवेल कोरोना भाइरस निस्तेज पार्ने ‘भ्याक्सिन’ संसारभर उपलब्ध छैन ।

सरकारले लागु गरेको लकडाउनको पालना गरौं रोग लाग्नबाट बचौं र अरूलाई पनि बचाउन लागौं यसैमा सबैको कल्याण हुनेछ । विकसित मुलुकले समेत उपचार खोज्न नसकेका ‘२०१९ नोवेल कोरोना भाइरस’ नेपालजस्तो अल्प विकसित मुलुकमा देखा परेमा हालत कस्तो होला भन्ने खतरा बढ्दै गएको ले लकडाउन अपनाएर बचाउन लागौं ।

यो पनि पढनुहोस्

इतिहास पल्टाउदा १९ अंकबारे यस्तो छ रोचक जानकारी

नेपालको जलस्रोतको सहि सदुपयोग गरे देश सम्पन्नशाली हुने

देशको विकास र सम्वृद्धिको लागि सरकारले ध्यान दिनुपर्ने १२ बुँदाहरु

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार तथा पत्रकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !