१३ बैशाख २०८१, बिहिबार

विदेशबाट आएकाहरु क्‍वारेन्टाइनमा नबसे जेल सजाय


क्वारेन्टाइन

चैत १६, काठमाडौं । नेपाल सरकारले विदेशबाट आएकाहरु क्‍वारेन्टाइनमा नबसेको पाइएमा पक्राउ गरी कारवाही थाल्ने भएको छ । कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको आइतवार सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय लिएको हो।

बैठकपछि पत्रकारहरुसँग बोल्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण प्रसाद विडारीले विदेशबाट आएकाहरु सरकारलाई खबर नगरी लुकेमा, क्‍वारेन्टाइनमा नबसेमा पक्राउ गरी कारवाही चलाइने जानकारी दिएका छन् ।

बैठकले सरकारले तोकेको मापदण्डअनुरुप क्‍वारेन्टाइन निर्माण गरि व्यवस्थित ढंगले सञ्चालन गर्न प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गर्ने पनि निर्णय गरेको छ । संक्रमति व्यक्ति आएर सूचना नदिने, क्‍वारेन्टाइनबाट भाग्‍ने, लुकेर बस्‍ने गरेको देखिएकोले बोलाउँदा पनि सम्पर्कमा नआउनेलाई संक्रमण रोग ऐन बमोजिम कैद सजाय गर्न गृह प्रशासनलाई निर्देशन दिइएको छ ।

क्‍वारेन्टाइनमा बसेकाहरु भाग्‍ने, विदेशबाट आएर पनि क्‍वारेन्टाइनमा नबस्‍ने, सम्पर्कमा आउन गरेको अनुरोध अटेरी गरी समूहमा घुमफिर गर्ने क्रम बढेपछि त्यस्ता व्यक्तिविरुद्ध सरकार कडा ढंगले प्रस्तुत हुने निर्णय भएको जानकारी दिएका छन् ।

ऐनमा आदेश अपहेलना गर्ने व्यक्तिलाई १०० रूपैयाँ जरिवानादेखि १ महिनासम्म कैद र अधिकृत व्यक्तिहरूलाई काममा बाधा पुर्यापउनेलाई ६ महिना कैद, ६ सय रूपैयाँ जरिवा या दुवै हुन सक्ने व्यवस्था छ। उक्त ऐन कार्यान्वयनका लागि गृह मन्त्रालयलाई जिम्मेवारी दिइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !