१८ बैशाख २०८१, मंगलबार

बैशाख ३ गतेसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय


२४ चैत, काठमाडौं । नेपाल सरकारले बैशाख ३ गतेसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय गरेको छ । आज सोमबार बसेको मन्त्रिपरिषद बैठकले ८ दिन थप गर्ने निर्णय गरेको हो । आइतबार बसेको कोभिड-१९ कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धी उच्चस्तरीय समितिको बैठकले लकडाउन थप्न सिफारिस गरेको थियो ।

सरकारले चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गतेसम्म लकडाउन गरेको थियो। पहिलो चरणको लकडाउन पछि फेरि सरकारले चैत २५ गते राति १२ बजेसम्मलाई लकडाउन लम्ब्याएको थियो । लकडाउनको अवधि दोस्रो पटक थपिएको हो ।

दोस्रो पटक लकडाउन थप गरेपछि सुदूरपश्‍चिममा एकै पटक तीन जनामा कोरोना संक्रमण देखिएको थियो । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ९ पुगेको छ । धनगढीमा दुबईबाट फर्किएका एक युवाको परिवारकी सदस्यमा समेत संक्रमण देखिएपछि सरकार कोभिड १९ को स्थानीय संक्रमण भएको भन्दै संक्रमणको दोस्रो चरण सुरु भएको बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !