८ मंसिर २०८१, शनिबार

रोशीमा ९ जना होम क्वारेन्टाइनमा


होम क्वारेन्टाइन

बनेपा, १७ चैत । कोरोना भाइरस ९कोभिड–१९०को सम्भावित जोखिम हुन नदिन रोशी गाउँपालिकामा थप सजगता अपनाउन थालिएको छ ।

गाउँपालिकाले सबै वडाध्यक्षको संयोजकत्वमा ‘कोरोना भाइरस नियन्त्रण तथा सचेतना समन्वय समिति’ समेत गठन गरिसकिएको छ । विदेशबाट आएकाको तथ्याङ्क सङ्कलन गरी वडा सदस्यमार्फत उनीहरुलाई होम क्वारेन्टाइनमा बस्न आग्रहसहितको पत्र घर–घरमै पठाइएको छ । “विदेशबाट आएकालाई पत्रपठाएर घरमै होम क्वारेन्टाइनमा बस्न भनिएको छ”, गाउँपालिकाका अध्यक्ष दलबहादुर लामाले भन्नुभयो, “सबै नागरिकलाई पत्राचार, माइकिङ गरेर घरमै बस्न भनिएको छ ।”

उहाँका अनुसार अहिलेसम्म विदेशबाट आएका ९ जना होम क्वारेन्टाइनमा बसेका छन् । कतार, दुवई, मलेशिया, इराक, अमेरिका र भारत लगायत विभिन्न मुलुकबाट आएकामध्ये होम क्वारेन्टाइनमा बसेका नौ जनामा पाँच महिला रहेको गाउँपालिकाले जनाएको छ । उनीहरुमाथि निगरानी बढाउन र यसको विवरण दैनिक रुपमा गाउँपालिकामा पठाउन समेत गाउँपालिकाले सबै वडाध्यक्षलाई निर्देशन दिएको अध्यक्ष लामाले बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !