७ बैशाख २०८१, शुक्रबार

कोरोना संक्रमितको संख्या वृद्धिसँगै जापानका नेपाली व्यवसायी चिन्तित


जापानका नेपाली व्यवसायी

टोकियो, १६ चैत । पछिल्ला दिनमा जापानमा कोरोना भाइरसको संक्रमण बढेसँगै यहाँका नेपाली व्यवसायी र नेपालीहरुमा चिन्ता थपिएको छ । जापानमा एउटै शहरमा दैनिक ४० देखि ५० जनासम्ममा संक्रमण फैलन थालेको छ । युरोप, अमेरिकालगायतका देशको तुलनामा जापानमा संक्रमितको संख्या अहिलेसम्म कम भएपनि पछिल्लो ७२ घण्टामा भएको वृद्धिले आम मानिसमा त्रास फैलिएको छ । हालसम्म जापनमा संक्रमणका कारण ६५ जनाको मृत्यु भइसकेकोे छ भने संक्रमितको संख्या झण्डै २ हजार ५ सय ३९ पुुगेको छ ।

जापानको राष्ट्रिय फुल साकुरा फुल्ने यो मौसममा यहाँको हावापानी उत्तम मानिन्छ र यो समय जापानीले समूह बनाएर साकुुरा हेर्न भन्दै विभिन्न पार्कमा पुुगी रमाइलो गर्ने समय हो । यसलाई यहाँ हानामी भनिन्छ । यही कारणले पनि अहिले भीडभाड बढेसँगै जापानको राजधानी टोकियोमा भाइरस वृद्धि हुने खतरा बढेको हो ।

टोकियोका गभर्नर युुरिको कौइकोले अवस्था अत्यन्त संवेदनशील र जटिलतातर्फ मोडिएको भन्दै भाइरस नियन्त्रण नहुुँदासम्म संयमता अपनाउन अपिल गर्नुभएको छ । जापानमा विभिन्न कारणले स्थायी र अस्थायी रुपमा यहाँ बस्दै आएका नेपालीको संख्या झण्डै एक लाखको हाराहारीमा छ । संयोगवश अहिलेसम्म भाइरसको संक्रमणका कारण कुुनै पन नेपालीलाई भएको जानकारीमा नआएको गैहआवासीय नेपाली संघ (एनआरएनए), जापानकी सदस्य एलिजा केसी भण्डारीले बताउनुभयो । उहाँले एनआरएनए जापानले कुनै अप्ठेरो परे सहयोग गर्ने भन्दै सम्पर्कमा रहन आग्रह गर्दै जापानमा आफनै व्यवसाय सन्चालन गर्ने नैपालीहरु पनि धेरै रहेकाले उनीहरुलाई असर पर्न सक्ने उल्लेख गर्नुभयो ।

बाग्लुङ, गलकोटका दिलु खत्री देशभित्र रोजगारी नपाएपछि २५ वर्ष पहिले जापानको एक होटलमा काम गर्न यहाँ आउनुभएकामा हाल उहाँको निजी लगानीमा व्यवसाय खुलेको छ । यस अन्तरालमा खत्रीले सात वटा नेपाली रेष्टुुरेन्ट खोलनुभएको छ । जापानका इवाराकी, चिवा र टोकियो केनमा सन्चालित उहाँका रेष्टुरेन्ट कोभिड १९ भाइरस संक्रमणको डरले ग्राहकहरु आउन छोडेपछि प्रायः सुनसान हुन थालेको खत्रीले बताउनुभयो । ग्राहक आउन कमी भएपछि कामको चाप पनि कम हुन थाल्यो प्रतिफल उहाँले कर्मचारी कटौती गर्नुभएको छ । उहाँका होटलहरुमा गरी झण्डै ५० कर्मचारीर रहेकामा अहिले पार्टटाइम काम गर्ने सबै कर्मचारी हटाइएको छ ।

दस वर्ष पहिले जापान आएका दोलखाका केशरमान कार्कीले चिवा केनको फुुनावासी र टोकियो सिनागोभुुमा गरी दुुईवटा रेष्टुुरेन्ट सन्चालनमा ल्याउनुभएको छ । रातोभाले नामबाट सन्चालन गरेका यी दुुई रेष्टुुरेन्टमा प्रायः नेपाली समुदायको राम्रो जमघट हुने गर्दथ्र्याे तर अहिले सुुनसान बन्न थालेको छ । जम्मा ६० देखि ७० जना ग्राहक क्षमता रहेको रेष्टुरेन्टमा अहिले दिनभरमा १० देखि १५ जना ग्राहक हुन मुस्किल देखिएको उहाँले बताउनुभयो । उहाँले एउटा रेष्टुुरेन्टमा महिनाको झण्डै रु तीन लाख भाडा तिर्नुुपर्छ । त्यसैगरी तिन कर्मचारीलाई व्यवस्थापन गर्न अहिले कार्कीलाई समस्या परेको छ ।

विद्यार्थीका रुपमा जापान आएका चितवनका उपेन पौडेल आफनो अध्ययन पुुरा भएपछि व्यवसायमा लाग्नुभएको छ । पौडेलले साइतामा केनको कितामोटो रेल स्टेनमा झण्डै ७० लाखको लगानीमा एउटा नेपाली रेष्टुुरेन्ट खोल्नुभएको छ । उहाँले पनि आम्दानी घटेको बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !