८ बैशाख २०८१, शनिबार

कोरोना पोजेटिभ भएका बिरामीलाई अब पाटन अस्पताल सारिने


पाटन अस्पताल

१२ चैत, काठमाडौं । नेपाल सरकारले कोरोना संक्रमति बिरामीको पहिचान भएपछि पाटन अस्पतालको आइसोलेसनमा राख्ने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना रोकथामका लागि भइरहेको प्रयासबारे जानकारी गराउँदै कोरोना संक्रमित बिरामीको पहिचान गरेपछि पाटन अस्पतालमा राख्ने व्यवस्था गर्न लागेको जानकारी दिएका हुन् ।

मन्त्री ढकालले टेकुको शुक्राराज ट्रपिकल तथा सरुवा रोग अस्पतालाई माध्यम अस्पतालको रुपमा राखेर आशंका गरिएका बिरामीको कोरोना परीक्षणको अवधिमा मात्र टेकु अस्पतालमा राख्ने बताए । उनका अनुसार अब यो कोरोना भाइरससँग सम्बन्धित रोगको परीक्षण र त्यसको निर्क्यौल गर्ने बेलासम्मका लागि टेकु अस्पताललाई हामीले माध्यम अस्पतालको रुपमा राख्ने र त्यहाँ राखेर परीक्षणपछि कोरोना प्रमाणित भएका बिरामीलाई सिफ्ट गरेर पाटन अस्पतालमा राख्ने भनेर सोचेको बताएका छन् ।

मन्त्री ढकालले काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा स्वास्थ्य कर्मीलाई स्वास्थ्य सुरक्षा सामाग्री निर्माणको काम समेत भइरहेको बताएका छन् । मन्त्री ढकालले आवश्यक पर्ने स्वास्थ्य सामाग्री ३ दिनभित्र चीनबाट ल्याउने पनि जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !