११ जेष्ठ २०८१, शुक्रबार

मानिसमा कोरोना भाइरस कसरी सर्छ ? यसवाट बच्न के गर्नुपर्छ ?


कोरोना भाइरस
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

मानिसमा कोरोना भाइरस कसरी सर्छ ? यसवाट बच्न के गर्नुपर्छ ? नोबेल कोरोना भाइरस (कोभिड-१९) चीनको हुवाये प्रान्तको बुहानबाट फैलिएसँगै विश्वका अनुसन्धानरत स्वास्थ्य वैज्ञानिकहरू यतिखेर यसको समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा लागेका छन् । यसले स्वास्थ्य वैज्ञानिकहरूलाई समेत चुनौती दिदै विश्व भ्रमणमा निस्केको छ ।

शुरुमा रुघाखोकी लाग्ने, टाउको दुख्ने र ज्वरो आउने लक्षण देखाउने यस्ता भाइरसको आक्रमणसँगै समयमा उपचार भएन भने ज्यानै गुमाउने सम्भावना बढेको छ । यद्यपि, अहिलेसम्म नोवेल कोरोना भाइरस निस्तेज पार्ने ‘भ्याक्सिन’ संसारभर उपलब्ध छैन । तर निकट भविष्यमा यसको भ्याक्सिन बन्ने अवस्थामा छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले ‘स्वास्थ्यमा आपतकालीन अवस्था घोषणा’ गरिसकेको छ । यसै सन्दर्भमा नेपाल सरकारको घोषणामा बन्द आवह्वानको अक्षरस पालना भएको देखिएको छ । हाम्रो मध्येविन्दु नगरपालिका पुर्ण रूपमा बन्दछ । मोटरसाइकल चालकलाई भने नेपाल प्रहरीद्वारा रोक लगाईएको छ ।

विकसित मुलुकले समेत उपचार खोज्न नसकेका ‘२०१९ नोवेल कोरोना भाइरस’ नेपालजस्तो अल्प विकसित मुलुकमा देखा परेमा हालत कस्तो होला भन्ने खतरा बढ्दै गएको छ । नेपालमा भाइरस अनुसन्धान गर्ने विज्ञ तथा संस्थाको अवस्था कस्तो छ, एकिन तथ्य छैन ।

मानिसमा कोरोना भाइरस यसरी सर्छ

१. नोबेल कोरोना भाइरस लागेको अवस्थामा ज्वरो आउने, टाउको दुख्ने, रुघाखोकी लाग्ने, छाती दुख्ने र श्वास-प्रश्वासमा समस्या हुने देखिन सक्छ । यस्तो लक्षण देखिदैमा नोबेल कोरोना भाइरस नै लागेको हुनसक्छ भन्ने होइन ।

२. नोबेल कोरोना आइरस जसको शरीरमा रोगतिरोधक शक्ति इम्युनो सिस्टम कमजोर छ त्यस्ता व्यक्तिलाई ७ देखि र अन्य व्यक्तिको हकमा १४ दिनभित्र सक्रमित मानिससंग लसपस गरेमा या हाच्छिउ गरेमा या सक्रमित जनावरसंग खेलेमा या काचो मासु खाएमा रोग सर्न सक्छ ।

कसरी आफुलाई र अरूलाई बचाउने

१. मास्क लगाउने, रुघाखोकी लागेको मानिससँग संसर्गमा नजाने, हात नमिलाउने, चिकित्सकको सल्लाह लिने । हात साबुन पानीले राम्रोसंग धुने, सेनिटाइजर लगाउने ।

नोट : ज्वरो आउदैमा नोबेल कोरोना लागेको हुदैन यसलाई संकाको दायरामा राखेको मात्र हो । ज्वोरो आउना साथ डाक्टरको परामर्शमा उपचार गराउन सक्नुहुन्छ ।

यो पनि पढनुहोस्

कोरोना भाइरसको उपचारमा उपयोगी हुने नेपाली औषधिहरु

कोरोना भाइरसको उपचारमा असुरो साबित भएको छ उपयोगी औषधि

कोरोना भाइरसको उपचारमा असुरो प्रयोग धेरै उपयोगी हुनसक्ने सम्भावना

कोरोना भाइरसको संक्रमणमा असुरो पछिको दोस्रो उपयोगी हुनसक्ने औषधि रुदिलो

कोरोना भाइरसको उपचारमा समेत उपयोगी हुन सक्ने असुरोको बारेमा रोचक जानकारी

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !