१४ बैशाख २०८१, शुक्रबार

नेपालमा कोरोना भाइरसका तेस्रो संक्रमित भेटिए


शुक्रराज ट्रपिकल अस्पताल

चैत १२, काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ संक्रमित भेटिएको पुष्टि भएको छ । यससँगै कोरोना भाइरस संक्रमितको संख्या ३ पुगेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा पोजेटिभ देखिएको हो ।

स्वास्थ्य सेवा विभाग जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षणका क्रममा १ जनाको रिपोर्टमा कोभिड-१९ पोजिटिभ देखिएको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले जानकारी दिएका छन् । यो सँगै नेपालमा कोभिड-१९ को सक्रमित संख्या ३ पुगेको छ ।

फ्रान्सबाट फर्किएकी युवतीमा कोभिड–१९ देखिएपछि उनी शुक्रराज ट्रपिकल तथा सरुला रोग अस्पताल टेकुमा उपचारत् छिन् । यसअघि पोजेटिभ रिपोर्ट देखिएका १ जना उपचारपछि निको भइसकेका छन् ।

सुरुमा चीनबाट आएका १ जना विद्यार्थीमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । उनी उपचारपछि निको भएर घर फर्किसकेका छन् । ४ चैतमा फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा पनि संक्रमण देखियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !