फ्रान्सबाट कतार हुँदै युवतीसँगै फर्किएका १२५ को पहिचान, सबैको स्वास्थ्य जाँच गरिने Nepalpatra फ्रान्सबाट कतार हुँदै युवतीसँगै फर्किएका १२५ को पहिचान, सबैको स्वास्थ्य जाँच गरिने
२२ फाल्गुन २०७७, शनिबार

फ्रान्सबाट कतार हुँदै युवतीसँगै फर्किएका १२५ को पहिचान, सबैको स्वास्थ्य जाँच गरिने


कतार एअरवेज

चैत ११, काठमाडौँ । नेपाल प्रहरीले कोरोना भाइरस सङ्क्रमण पुष्टि भएकी नेपाली युवतीसँगै कतार एअरवेजको विमानमा दोहाबाट नेपाल आएका अन्य १२५ जना नेपालीको ठेगाना पत्ता लागेको बताएको छ । प्रहरीले देशका विभिन्न भागमा रहेका उनीहरूलाई स्वास्थ्य जाँच र क्वारन्टीन जस्ता थप सतर्कता अपनाउन आफूले मतहतका निकायलाई पत्राचार गरेको जनाएको छ ।

चैत ४ गतेको कतार एअरवेजको विमानमार्फत् उनी नेपाल आएको अध्यागमन अधिकारीहरूले पनि पुष्टि गरेका छन् । त्यो दिन कतार एअरवेजका तीनवटा उडानमार्फत् ४६९ जना नेपाल आएका थिए । फ्रान्सबाट कतार हुँदै फर्किएकी ती १९ वर्षीया विद्यार्थी १५८ जना यात्रु बोकेको क्युआर ६५२ उडान मार्फत् आएको बुझिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु