२३ बैशाख २०८१, आइतबार

कोरोना भाइरस महामारी : विश्वभर मृतकको संख्या नाघ्यो १४७००


दक्षिण कोरियाका कोरोना भाइरसवाट ७ जनाको मृत्यु

१० चैत, काठमाडौं । विश्वभर कोरोना भाइरस संक्रमण दुर्त गतिमा बढीरहेको छ । चीन वुहान प्रान्तवाट शुरु भएर विश्वको १९२ देशमा फैलिएको कोरोना भाइरसबाट झण्डै ३ लाख ३९ हजार भन्दा बढी मानिसहरु संक्रमित भई सकेको पुष्टि भएको छ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट संसारभरी १४७०० भन्दा बढी मानिसको मृत्यु भई सकेको छ ।

इटलीमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५,४७६ पुगेको छ । त्यहाँका ५९१३८ मानिस संक्रमित रहेकोमा ३००० को अवस्था गम्भीर छ । कोरोनाको उद्गमस्थल चीनमा भने ३२७० पुगेको छ । इटलीमा चीनमा भन्दा २२०६ ले बढी हो । कोरोना संक्रमणका कारण इटलीमा आइतबार मात्रै ६५१ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ५,४७६ पुगेको छ । शनिबार यहाँ ७९३ को मृत्यु भएको थियो ।

चीनमा ३२७० जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । यीमध्ये ३१५३ मानिस हुबेई प्रान्तका मात्रै छन् । हुबेई कोरोना संक्रमणको उद्गम स्थल हो । स्पेनमा हालसम्म यहाँ १७७२ मानिसको ज्यान गइसकेको छ । इरानमा हालसम्म १६०० कोरोना संक्रमितको ज्यान गइसकेको छ । त्यहाँ अझै २१६३८ मानिस संक्रमित रहेको बताइएको छ । फ्रान्समा हालसम्म ६७४ मानिसको ज्यान गइसकेको छ ।

यो पनि पढ्नुहोस्

कोरोना भाइरस महामारी : इटलीमा मृतकको संख्या पुग्यो ५,४७६


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !