२४ बैशाख २०८१, सोमबार

थप १०३ जनामा देखियो कोरोना, देशभर ३९७ सक्रिय संक्रमित


नेपालमा कोरोना

काठमाडौँ । पछिल्लो २४ घण्टामा ४५६ जनामा पिसिआर परिक्षण गर्दा ७२ जना र ११८९ जनामा एन्टीजेन परिक्षण गर्दा ३१ जना गरी जम्मा १६४५ नमुनाको परीक्षण गर्दा १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ६१ जनाले कोरोना जितेर निको भएका छन् । हाल देशभर ३९७ जना सक्रिय कोरोना संक्रमित रहेका छन् भने संस्थागत आइसोलेशनमा २६ जना, आईसीयुमा ८ जना र भेन्टिलेटरमा ३ जना रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !