२४ बैशाख २०८१, सोमबार

पछिल्लो २४ घण्टामा थप ९९ जनामा कोरोना संक्रमण


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३६४ जनामा पिसिआर परिक्षण गर्दा ५० जना र १२४० जनामा एन्टीजेन परिक्षण गर्दा ४९ जना गरी जम्मा १६०४ नमुनाको परीक्षण गर्दा ९९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा ५० जनाले कोरोना जितेर निको भएका छन् । हाल देशभर ३७७ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । काठमाडौं उपत्यकामा ५२ जना कोरोना संक्रमितहरु रहेकोमा संस्थागत आइसोलेशनमा ३७ जना, आईसीयुमा ११ जना र भेन्टिलेटरमा ४ जना रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !