२० बैशाख २०८१, बिहिबार

उपत्यकामा एकैदिन ४५६ जनामा कोरोना, सक्रिय संक्रमित ३४ सय नाघे


काठमाडौँ उपत्यका

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ४५६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा ३७३ जना, ललितपुर जिल्लामा ६६ जना र भक्तपुर जिल्लामा १७ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौं उपत्यकामा हिजो ३१३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । काठमाडौँ उपत्यकामा हिजो भन्दा आज कोरोना संक्रमण बढेको छ ।

उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा २८७२, ललितपुर ५४३ र भक्तपुरमा ३० सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । योसँगै काठमाडौँ उपत्यकामा सक्रिय संक्रमितको संख्या ३४४५ पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !