२१ बैशाख २०८१, शुक्रबार

काठमाडौँ उपत्यकामा एकैदिन १५४ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौँ

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज १५४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा ११९ जना, ललितपुर जिल्लामा ३० जना र भक्तपुर जिल्लामा ५ जनामा कोरोना संक्रमण देखिएको छ ।

उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा १ हजार १०९, ललितपुर १६० र भक्तपुरमा ४२ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । योसँगै काठमाडौँ उपत्यकामा सक्रिय संक्रमितको संख्या १ हजार ३११ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १८२८ जनामा पिसिआर परिक्षण गर्दा २६८ जना र १५०० जनामा एन्टीजेन परिक्षण गर्दा ८९ जना गरी जम्मा ३३२८ नमुनाको परीक्षण गर्दा ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६२ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ९ लाख ६८ हजार १२६ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९८.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोना संक्रमणवाट ११९५४ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !