२० बैशाख २०८१, बिहिबार

देशभर थपिए ४२ जना कोरोना संक्रमित, ८६ जना संक्रमणमुक्त


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ४३२२ जनामा पिसिआर परिक्षण गर्दा ३० जना र ११४९ जनामा एन्टीजेन परिक्षण गर्दा १२ जना गरी जम्मा ५४७१* नमुनाको परीक्षण गर्दा ४२* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८६ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ९ लाख ६५ हजार २२८ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट कसैको मृत्यु भएको छैन । हालसम्म कोरोना संक्रमणवाट ११९५१ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा ३ जना र ललितपुर जिल्लामा ४ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ५५ लाख ३८ हजार ८२७ पिसिआर परीक्षण भएको छ भने ११ लाख २४ हजार ३३३ एन्टीजेन परीक्षण गरिएको छ भने १०६ जना क्वारेन्टाइनमा बसेका छन् । हाल देशभर १ हजार १९८ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।

आजसम्म १ करोड ८७ लाख ५० हजार ९ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने १ करोड ९० लाख १४ हजार २१२ जनाले पूर्ण मात्रा खोप लगाउनुका साथै २१ लाख १० हजार ९९० जनाले अतिरिक्त मात्र खोप लगाइसकेकाले जम्मा ३ करोड ९८ लाख ७५ हजार २११ मात्रा कोरोना खोप लगाई सकिएको छ ।

*एएमएस र इमेलवाट प्राप्त आरडिटी एन्टीजेनको विवरण समावेश गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !