२२ बैशाख २०८१, शनिबार

देशभर थप ७७ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ५६०७ जनामा पिसिआर परिक्षण गर्दा ६२ जना र २३७४ जनामा एन्टीजेन परिक्षण गर्दा १५ जना गरी जम्मा ७९८१* नमुनाको परीक्षण गर्दा ७७* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८९ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ९ लाख ६० हजार ६८६ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९८.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट १ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११९५० जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज २१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा १५ जना, ललितपुर जिल्लामा ४ जना र भक्तपुर जिल्लामा २ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ५४ लाख ७५ हजार २०२ पिसिआर परीक्षण भएको छ भने १० लाख ९० हजार २१८ एन्टीजेन परीक्षण गरिएको छ भने १०६ जना क्वारेन्टाइनमा बसेका छन् ।

हाल देशभर ५ हजार २१२ जना सक्रिय कोरोना संक्रमितमध्‍ये ५ हजार १०८ जना होम आइसोलेसनमा रहेका छन् भने १०४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ३२ जना आईसीयू र ५ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

आजसम्म १ करोड ८६ लाख ३ हजार ४५४ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने १ करोड ८३ लाख ५२ हजार १२१ जनाले पूर्ण मात्रा खोप लगाउनुका साथै १५ लाख ९२ हजार १७४ जनाले अतिरिक्त मात्र खोप लगाइसकेकाले जम्मा ३ करोड ८५ लाख ४७ हजार ७४९ मात्रा कोरोना खोप लगाई सकिएको छ ।

*एएमएस र इमेलवाट प्राप्त आरडिटी एन्टीजेनको विवरण समावेश गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !