२२ बैशाख २०८१, शनिबार

देशभर थप २७५ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ५४५२ जनामा पिसिआर परिक्षण गर्दा १५८ जना र ३१७६ जनामा एन्टीजेन परिक्षण गर्दा ११७ जना गरी जम्मा ८६२८* नमुनाको परीक्षण गर्दा २७५* जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५५५ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ९ लाख ५५ हजार ४५८ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९७.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट १ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११९३२ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा ४४ जना, ललितपुर जिल्लामा ७ जना र भक्तपुर जिल्लामा ३ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ५४ लाख ७ हजार ६६६ पिसिआर परीक्षण भएको छ भने १० लाख ५३ हजार ७३४ एन्टीजेन परीक्षण गरिएको छ भने १०६ जना क्वारेन्टाइनमा बसेका छन् । हाल देशभर ९ हजार २८० जना सक्रिय संक्रमित रहेका छन् ।

आजसम्म १ करोड ८४ लाख ५० हजार ७०९ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने १ करोड ७३ लाख ६ हजार ६४२ जनाले पूर्ण मात्रा खोप लगाउनुका साथै १० लाख ५६ हजार ७७२ जनाले अतिरिक्त मात्र खोप लगाइसकेकाले जम्मा ३ करोड ६८ लाख १४ हजार १२३ मात्रा कोरोना खोप लगाई सकिएको छ ।

*एएमएस र इमेलवाट प्राप्त आरडिटी एन्टीजेनको विवरण समावेश गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !