२० बैशाख २०८१, बिहिबार

उपत्यकामा फेरि बढ्न थाल्यो संक्रमण, थप १०१७ जनामा कोरोना पुष्टि


काठमाडौं उपत्यका

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज १०१७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा ८९० जना, ललितपुर जिल्लामा १०२ जना र भक्तपुर जिल्लामा २५ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा नेपालमा २४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ७७७७ जनाले कोरोना जितेका छन् ।

हिजो काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको थियो । मन्त्रालयका अनुसार हिजो काठमाडौं जिल्लामा ३३८ जना, ललितपुर जिल्लामा ७० जना र भक्तपुर जिल्लामा ४३ जनामा कोरोना संक्रमण देखिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !