७ बैशाख २०८१, शुक्रबार

देशभर कोरोना संक्रमण स्थिर, मृतकको संख्यामा उच्च वृद्धि


देशभर कोरोना संक्रमण स्थिर

काठमाडौं । नेपालमा १५७३६ जनामा पिसिआर परिक्षण गर्दा ५८१६ जना र ६०७२ जनामा एन्टीजेन परिक्षण गर्दा २२०१ जना गरी ८०१७ जनामा हिजो माघ १३ गते कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै नेपालमा अस्ति १३५४९ जनामा पिसिआर परिक्षण गर्दा ५५७१ जना र ६८१० जनामा एन्टीजेन परिक्षण गर्दा २८८३ जना गरी ८४५४ जनामा अस्ति माघ १२ गते कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो । यसरी हेर्दा नेपालमा कोरोना संक्रमणदर स्थिर रहेको मन्त्रालयले जानकारी दिएको हो ।

त्यस्तै कोरोना संक्रमणवाट हिजो माघ १३ गते एकैदिन १५ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११६८७ जनाको मृत्यु भईसकेको छ । यसअघि कोरोना संक्रमणवाट अस्ति माघ १२ गते ५ जनाको मात्र मृत्यु भएको थियो ।

यसलाई हेर्ने हो भने माघ १२ गतेको तुलनामा माघ १३ गते मृतकको संख्यामा उच्च वृद्धि भएको देखिएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हिजो ५२९२ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ८ लाख ३७ हजार ४ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ८९.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल देशभर ९० हजार ५७६ जना सक्रिय संक्रमित रहेका छन् ।

यो पनि पढ्नुहोस्

एकैदिन देशभर कोरोना संक्रमणबाट १५ जनाको मृत्यु

देशभर थप ८०१७ जनामा कोरोना संक्रमण, १५ जनाको मृत्यु

देशभर एकैदिन ८४५४ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !