७ बैशाख २०८१, शुक्रबार

एकैदिन देशभर कोरोना संक्रमणबाट १५ जनाको मृत्यु


कोरोना मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा एकैदिन कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट १५ जनाको मृत्यु भएको छ । योसंगै हालसम्म कोरोना संक्रमणवाट ११६८७ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १५७३६ जनामा पिसिआर परिक्षण गर्दा ५८१६ जना र ६०७२ जनामा एन्टीजेन परिक्षण गर्दा २२०१ जना गरी ८०१७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५२९२ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ८ लाख ३७ हजार ४ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ८९.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !