१४ बैशाख २०८१, शुक्रबार

देशभर थप ८०१७ जनामा कोरोना संक्रमण, १५ जनाको मृत्यु


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १५७३६ जनामा पिसिआर परिक्षण गर्दा ५८१६ जना र ६०७२ जनामा एन्टीजेन परिक्षण गर्दा २२०१ जना गरी ८०१७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५२९२ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ८ लाख ३७ हजार ४ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ८९.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट १५ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११६८७ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ३१४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा २४०२ जना, ललितपुर जिल्लामा ५२१ जना र भक्तपुर जिल्लामा २२० जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ५१ लाख ८५ हजार ७०४ पिसिआर परीक्षण भएको छ भने ९ लाख ४७ हजार ३१७ एन्टीजेन परीक्षण गरिएको छ भने १४९ जना क्वारेन्टाइनमा बसेका छन् । हाल देशभर ९० हजार ५७६ जना सक्रिय संक्रमित रहेका छन् ।

आजसम्म १ करोड ६४ लाख ५८ हजार ४७५ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने १ करोड ३७ लाख ३४ हजार ३९० जनाले पूर्ण मात्रा खोप लगाउनुका साथै २ लाख ८२ हजार ७२४ जनाले अतिरिक्त मात्र खोप लगाइसकेकाले जम्मा ३ करोड ४ लाख ७५ हजार ५८९ मात्रा कोरोना खोप लगाई सकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !