१४ बैशाख २०८१, शुक्रबार

नवलपुरको मध्यविन्दुमा चिसो बढेसंगै कोरोना संक्रमणको जोखिम


चोरमारा बजार

नवलपरासी । आज माघ ९ गते आइतबार मध्यविन्दु नगरपालिकामा चिसो बढेको देखिएको छ । अन्य सालको तुलनामा यसपाली चिसो बढी भएको अनुमान गरिएको छ । चोरमाराको तापक्रम धेरै नै घटेको हुन सक्ने देखिन्छ ।

यसरी तापक्रम घट्नाले कोरोना भाइरस रोगको आक्रमण बढी बढ्न सक्ने देखिएको छ । रूघा, ज्वरो खोकीका बिरामी निकै बढेको हामीले महसुस गरेका छौं । यसरी जाडो बढ्दै गर्दा यसले राम्रो संकेत नभएको सहज अनुमान लगाउन सकिने भएको छ ।

यो जाडोमा सवैभन्दा बढी कमजोर खालका बिरामी र बच्चा बच्चिहरू बढी प्रभावित हुन सक्ने देखिएको छ । यो मौसममा इम्युनिटी पावर बढाउन र शरीरलाई चिसोबाट बचाउन अदुवा, सुकमेल, ल्वाङ, ज्वानो, जीरा, बेसार, मरिच जस्ता मसलाको प्रयोग बढी गर्नाले शरीर चिसो हुन र खोकी रूघाबाट बचाउन सक्ने छ ।

नोवेल कोरोनाको असरलाई समेत यस्ता औषधिले रोकथाम गर्न सक्ने हाम्रो अनुमान छ । दिन प्रतिदिन बढ्दै गएको कोरोनाको असरलाई कसरी रोकथाम गर्न सकिन्छ भन्ने कुरा हरेकले बुझ्न आवश्यक हुदैछ ।

नोबेल कोरोनाको भ्याक्सिन लगाएकाहरूमा समेत दोस्रो भेरियन्ट ओमिक्रोनले आफ्नो असर देखाउन थालेको अनुभव गर्न सकिन्छ । रोग लाग्नबाट बचाउन अब सबैले आयुर्वेदको सहारा मात्र एउटा विकल्प रहेको देखिन्छ ।

यस्ता रोगको रोकथाम गर्न पौष्टिक खानासंगै जडिबुटीको प्रयोग नै ठूलो रहेको अनुमान गरिएको छ । खोकी लागेको छ,रूघा लागेको छ भने उपरोक्त औषधिको साथमा असुरोको पातको काढा पकाएर त्यसमा मह मिलाएर सेवन गर्न सके यसबाट ज्वरोको रोकथामको साथै ओमिक्रोनलाई समेत रोक्न सकिने हाम्रो अनुमान छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !