२२ बैशाख २०८१, शनिबार

नेपालमा एकैदिन ११३५२ जनामा कोरोना संक्रमण पुष्टि


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १८०७८ जनामा परिक्षण गर्दा ११३५२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यो एकैदिन कोरोना संक्रमण पुष्टि भएको हालसम्मकै सबभन्दा धेरै संख्या हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६१३ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ८ लाख १८ हजार १६० जना पुगेको छ । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट ४ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११६२८ जनाको मृत्यु भईसकेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ६३४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा ४६६६ जना, ललितपुर जिल्लामा १०१९ जना र भक्तपुर जिल्लामा ५७८ जनामा कोरोना संक्रमण देखिएको छ । हाल देशभर ४७ हजार ९२९ जना सक्रिय संक्रमित रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !