१४ बैशाख २०८१, शुक्रबार

देशभर एकैदिन ४६३६ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १०४१२ जनामा पिसिआर परिक्षण गर्दा ३७०३ जना र ४१४४ जनामा एन्टीजेन परिक्षण गर्दा ९३३ जना गरी ४६३६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३५० जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ८ लाख १६ हजार ३ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९६.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट ४ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११६१७ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज २२१९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा १५९१ जना, ललितपुर जिल्लामा ४८६ जना र भक्तपुर जिल्लामा १४२ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ४९ लाख ९१ हजार ६७२ पिसिआर परीक्षण भएको छ भने ८ लाख ८५ हजार २६ एन्टीजेन परीक्षण गरिएको छ भने १२६ जना क्वारेन्टाइनमा बसेका छन् । हाल देशभर २१ हजार ५८४ जना सक्रिय संक्रमित रहेका छन् ।

आजसम्म १ करोड ५८ लाख १४ हजार ३८३ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने १ करोड २० लाख ९६ हजार ८०५ जनाले पूर्ण मात्रा खोप जम्मा २ करोड ७९ लाख ११ हजार १८८ मात्रा कोरोना खोप लगाई सकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !