काठमाडौं उपत्यकामा आज एकैदिन १२८६ जनामा कोरोना पुष्टि Nepalpatra काठमाडौं उपत्यकामा आज एकैदिन १२८६ जनामा कोरोना पुष्टि
११ जेष्ठ २०७९, बुधबार

काठमाडौं उपत्यकामा आज एकैदिन १२८६ जनामा कोरोना पुष्टि


काठमाडौँ उपत्यका

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज १२८६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लामा ९८० जना, ललितपुर जिल्लामा २२१ जना र भक्तपुर जिल्लामा ८५ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा नेपालमा २४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३१३ जनाले कोरोना जितेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !