५ जेष्ठ २०८१, शनिबार

देशभर थप २१९ जनामा कोरोना पुष्टि, २८३ जना भए निको


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ७१८० जनामा पिसिआर परिक्षण गर्दा २१३ जना र २४९७ जनामा एन्टीजेन परिक्षण गर्दा ६ जना गरी २१९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २८३ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ८ लाख १० हजार ७८० जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट २ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११५८५ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा ७७ जना, ललितपुर जिल्लामा २८ जना र भक्तपुर जिल्लामा ८ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ४८ लाख २० हजार ५३० पिसिआर परीक्षण भएको छ भने ८ लाख ३ हजार ७८३ एन्टीजेन परीक्षण गरिएको छ भने ९९ जना क्वारेन्टाइनमा बसेका छन् । हाल देशभर ४ हजार ९०६ जना सक्रिय संक्रमित रहेका छन् ।

आजसम्म १ करोड ३१ लाख ७५ हजार ५९७ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ९९ लाख ९६ हजार ३८० जनाले पूर्ण मात्रा खोप जम्मा २ करोड ३१ लाख ७१ हजार ९७७ मात्रा कोरोना खोप लगाई सकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !