२२ बैशाख २०८१, शनिबार

देशभर थप १८९ जनामा कोरोना पुष्टि, २५० जना भए निको


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ५४८३ जनामा पिसिआर परिक्षण गर्दा १५८ जना र २५१४ जनामा एन्टीजेन परिक्षण गर्दा ३१ जना गरी १८९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५० जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ८ लाख ८ हजार ६०३ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९७.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट २ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११५७२ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ११० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा ७५ जना, ललितपुर जिल्लामा २६ जना र भक्तपुर जिल्लामा ९ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ४७ लाख ६४ हजार २०२ पिसिआर परीक्षण भएको छ भने ७ लाख ७८ हजार ५१ एन्टीजेन परीक्षण गरिएको छ भने ९८ जना क्वारेन्टाइनमा बसेका छन् ।

हाल देशभर ५ हजार ४२८ जना सक्रिय संक्रमित रहेका छन् । आजसम्म १ करोड १९ लाख ७४ हजार ५८८ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ९५ लाख ८२ हजार ४९६ जनाले पूर्ण मात्रा खोप जम्मा २ करोड १५ लाख ५७ हजार ८३ मात्रा कोरोना खोप लगाई सकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !