८ जेष्ठ २०८१, मंगलबार

देशभर थप ३१५ जनामा कोरोना पुष्टि, ६ जनाको मृत्यु


नेपालमा कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ९५११ जनामा पिसिआर परिक्षण गर्दा २९८ जना र १८९२ जनामा एन्टीजेन परिक्षण गर्दा १७ जना गरी ३१५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०१ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ८ लाख ३ हजार ३६९ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११५३५ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा ९९ जना, ललितपुर जिल्लामा ४२ जना र भक्तपुर जिल्लामा १५ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ४६ लाख ४२ हजार ९९० पिसिआर परीक्षण भएको छ भने ७ लाख ३६ हजार ५१४ एन्टीजेन परीक्षण गरिएको छ भने ९८ जना क्वारेन्टाइनमा बसेका छन् ।

हाल देशभर ७ हजार ४५ जना सक्रिय संक्रमित रहेका छन् । आजसम्म १ करोड १ लाख २७ हजार ४०७ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ८५ लाख ५९ हजार २४२ जनाले पूर्ण मात्रा खोप जम्मा १ करोड ८६ लाख ८६ हजार ६४९ मात्रा कोरोना खोप लगाई सकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !