२२ बैशाख २०८१, शनिबार

आजदेखि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना खोप लगाइँदै


फाइजर र बायोएनटेक

काठमाडौं । सरकारले आजदेखि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुलाई कोरोना भाइरस (कोभिड -१९) विरुद्धको खोप लगाउन शुरु गरेको छ ।

स्वास्थ्य सेवा विभाग खोप शाखाका प्रमुख सागर दाहालले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप दिन थालेको जानकारी दिए ।

उनका अनुसार खोप तीन दिन आज, भोलि र पर्सीसम्म लगाइनेछ । शनिबारसम्म १२ वर्षदेखि दिर्घ रोगीलाई उक्त खोप दिइएको थियो । सरकारले हिजोसम्म यो खोप १२ वर्ष माथिका दीर्घ रोगीलाई मात्रै दिइँदै आएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !