१३ जेष्ठ २०८१, आइतबार

देशभर थप ३९० जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २६०६ जनामा पिसिआर परिक्षण गर्दा ३७१ जना र २४२० जनामा एन्टीजेन परिक्षण गर्दा १९ जना गरी ३९० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४२५ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख ९५ हजार ८२२ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९७.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११४५३ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा ११७ जना, ललितपुर जिल्लामा २० जना र भक्तपुर जिल्लामा १५ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ४४ लाख ५४ हजार २२० पिसिआर परीक्षण भएको छ भने ६ लाख ८२ हजार ५७ एन्टीजेन परीक्षण गरिएको छ भने १११ जना क्वारेन्टाइनमा बसेका छन् ।

हाल देशभर ७ हजार ६५४ जना सक्रिय संक्रमित रहेका छन् । आजसम्म ८७ लाख ३६ हजार ५३२ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ७४ लाख ३६ हजार ७१४ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !