२२ बैशाख २०८१, शनिबार

देशभर थप ९६८ जनामा कोरोना पुष्टि, १११४ जना संक्रमणमुक्त


नेपाल कोरोना

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ११ हजार ८ सय ५२ पीसीआर परीक्षण गर्दा ७६२ जना र ४ हजार ४६० एन्टिजेन परीक्षण गर्दा २०६ गरी ९९६८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १११४ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख ७१ हजार ३३८ जना पुगेको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट १११८० जनाको मृत्यु भईसकेको छ । हाल देशभर १६ हजार २४८ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !