१४ बैशाख २०८१, शुक्रबार

देशभर थप १०६६ जनामा कोरोना पुष्टि, १३ जनाको मृत्यु


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १०११३ जनामा पिसिआर परिक्षण गर्दा ८९८ जना र ३२५५ जनामा एन्टीजेन परिक्षण गर्दा १६८ जना गरी १०६६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९३८ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख ६६ हजार ६९६ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९६.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट १११४८ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ३५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा २६६ जना, ललितपुर जिल्लामा ६२ जना र भक्तपुर जिल्लामा ३१ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ४२ लाख १५ हजार ४९५ पिसिआर परीक्षण भएको छ भने ५ लाख ८१ हजार ९० एन्टीजेन परीक्षण गरिएको छ भने २४२ जना क्वारेन्टाइनमा बसेका छन् ।

हाल देशभर १८ हजार ११५ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना सक्रिय संक्रमितमध्ये १६ हजार ८८१ जना होम आइसोलेसनमा र १२३४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ३५४ जना आईसीयूमा र ११६ जना भेन्टिलेटरमा रहेका छन् ।

आजसम्म ७६ लाख ३१ हजार १८८ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ६३ लाख २८ हजार ३२७ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !