२४ बैशाख २०८१, सोमबार

देशभर थप ९५३ जनामा कोरोना पुष्टि, १३७१ जना संक्रमणमुक्त


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ७०५० जनामा पिसिआर परिक्षण गर्दा ७९० जना र ३५२९ जनामा एन्टीजेन परिक्षण गर्दा १६३ जना गरी ९५३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३७१ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख ५९ हजार ८७५ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९६.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११०८७ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा १९८ जना, ललितपुर जिल्लामा ७३ जना र भक्तपुर जिल्लामा ४० जनामा कोरोना संक्रमण देखिएको छ ।

हाल देशभर १९ हजार ७०० जना सक्रिय संक्रमित रहेका छन् । कोरोना सक्रिय संक्रमितमध्ये १८ हजार ३४० जना होम आइसोलेसनमा र १३६० जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ३६३ जना आईसीयूमा र १०९ जना भेन्टिलेटरमा रहेका छन् ।

आजसम्म ६५ लाख २८ हजार ३९२ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ६० लाख १४ हजार ९४१ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !