२२ बैशाख २०८१, शनिबार

देशभर थप ११४६ जनामा कोरोना पुष्टि, १६६० जना संक्रमणमुक्त


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ८५४९ जनामा पिसिआर परिक्षण गर्दा ९६१ जना र २३६७ जनामा एन्टीजेन परिक्षण गर्दा १८५ जना गरी ११४६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६६० जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख ३६ हजार ६६६ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा २१ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट १०९२४ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ३५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा २५७ जना, ललितपुर जिल्लामा ५६ जना र भक्तपुर जिल्लामा ४१ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ४० लाख ८ हजार ४६ पिसिआर परीक्षण भएको छ भने ५ लाख ५ हजार १३८ एन्टीजेन परीक्षण गरिएको छ भने २५२ जना क्वारेन्टाइनमा बसेका छन् ।

हाल देशभर २७ हजार ९५८ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना सक्रिय संक्रमितमध्ये २६ हजार २९६ जना होम आइसोलेसनमा र १६६२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ४५८ जना आईसीयूमा र १४५ जना भेन्टिलेटरमा रहेका छन् ।

आजसम्म ५७ लाख ४० हजार ३४५ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ५१ लाख २० हजार ८७७ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !