२० बैशाख २०८१, बिहिबार

देशभर थप १३८८ जनामा कोरोना पुष्टि, २४ जनाको मृत्यु


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ७२५९ जनामा पिसिआर परिक्षण गर्दा १२१४ जना र ३०३८ जनामा एन्टीजेन परिक्षण गर्दा १७४ जना गरी १३८८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२६० जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख १२ हजार ७१२ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९३.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा २४ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट १०७१४ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ४८० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा ३१३ जना, ललितपुर जिल्लामा ११४ जना र भक्तपुर जिल्लामा ५३ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ३८ लाख ९४ हजार १३७ पिसिआर परीक्षण भएको छ भने ४ लाख ६१ हजार ४९९ एन्टीजेन परीक्षण गरिएको छ भने ३४३ जना क्वारेन्टाइनमा बसेका छन् ।

हाल देशभर ३५ हजार ७९६ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना सक्रिय संक्रमितमध्ये ३२ हजार ७४४ जना होम आइसोलेसनमा र ३०५२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ६२५ जना आईसीयूमा र १६७ जना भेन्टिलेटरमा रहेका छन् ।

आजसम्म ५० लाख ६३ हजार ५२२ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ४० लाख ५२ हजार ७६५ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !