२० बैशाख २०८१, बिहिबार

देशभर थप २४३३ जनामा कोरोना पुष्टि, २६ जनाको मृत्यु


नेपाल कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ९७०२ जनामा पिसिआर परिक्षण गर्दा २०५२ जना र ४६७२ जनामा एन्टीजेन परिक्षण गर्दा ३८१ जना गरी २४३३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९२९ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख ५ हजार ८९३ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९३.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा २६ जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट १०६३८ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज ७३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । आज काठमाडौं जिल्लामा ५६१ जना, ललितपुर जिल्लामा १०६ जना र भक्तपुर जिल्लामा ६६ जनामा कोरोना संक्रमण देखिएको छ ।

हालसम्म नेपालमा ३८ लाख ६८ हजार ७१७ पिसिआर परीक्षण भएको छ भने ४ लाख ५० हजार ३२९ एन्टीजेन परीक्षण गरिएको छ भने ३६६ जना क्वारेन्टाइनमा बसेका छन् ।

हाल देशभर ३८ हजार ३८४ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना सक्रिय संक्रमितमध्ये ३५ हजार ३५४ जना होम आइसोलेसनमा र ३०३० जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ६२० जना आईसीयूमा र १६५ जना भेन्टिलेटरमा रहेका छन् ।

आजसम्म ४९ लाख ८६ हजार ८९३ जनाले कोरोनाबिरुद्ध पहिलो मात्र खोप लगाइसकेका छन् भने ३९ लाख ४९ हजार ५२९ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !